पहिलो वर्षमै २५ जना युवालाई योग्य बनायौं

वाइबी सुव्वा, प्रवन्ध निर्देशक – गोर्खा फिटनेश एण्ड एजुकेशन सेन्टर

पूर्वि नेपालको पाँचथरको फिदिममा जन्मिएका वाइबी सुव्वाको बाल्यकाल फिदिममा गुज्रियो । स्कूल तहको परीक्षा सक्ने वित्तिकै व्रिटिस आर्मीमा भर्ति भएका सुव्वाले वेलायती सेनामा रहेर संसारको रणनीति र कुटनीति प्रत्यक्ष वुझ्ने मौका पाए । जिन्दगीको महत्वपूर्ण समयलाई फौजीमा रहेर विदेशमा बिताए पनि आफ्नो मुलुकप्रतिको मायाका कारण बाँकी उर्जाशिल समय नेपाल र नेपालीहरुकै सेवामा समर्पण गर्ने सोच लिएर अहिले आफूले जाने भोगेका सीप, ज्ञान र कलालाई प्रयोग गर्दै दक्ष युवा शक्ति उत्पादनमा लागेका छन् उनी । उनले व्रिटिस आर्मी, सिंगापुर पुलिस फोर्स र भारतीय सेनामा भर्ती हुने इच्छुकहरुलाई तालिम प्रदान गर्न ट्रेनिङ सेन्टर नै सञ्चालन गरेका छन् । गोर्खा फिटनेश एण्ड एजुकेशन सेन्टर प्रालिको नामबाट सञ्चलित उक्त टे«निङ सेन्टरमा अरु ३ जना सेवा निवृत व्रिटिस आर्मीको टिमले ट्रेनिङ स्कूल सञ्चालन गर्दै आएको छ । स्थापनाको पहिलो वर्षमै २० जना युवालाई व्रिटिस आर्मीमा र ५ जनालाई सिंगापुर पुलिस फोर्समा भर्ति गराउन सफल भई नेपालकै ट्रेनिङ स्कुलमा सर्वोत्कृष्ठ बनेर किर्तिमानी रेकर्ड कायम गर्न सफल यस ट्रेनिङ स्कुलको भावी नीति तथा कार्ययोजना, कम्पनीको अवस्थालगायतका विषयमा प्रवन्ध निर्देशक वाइबी सुव्वासँग गरिएको कुराकानी :

० गोर्खा फिटनेश एण्ड एजुकेशन सेन्टर प्रालि को स्थापना गर्ने सोच तपाईमा कसरी आयो ? – जहाँ जे कुराको डिमाण्ड हुन्छ त्यहि काम गर्ने हो । देशका युवाहरुले व्रिटिस आर्मी, सिंगापुर पुलिस फोर्स र भारतीय सेनामा भर्ती हुन ठूलो चाहना राख्ने गरेको पाएँ । तर, विडम्वना नै भन्नु पर्छ त्यस्ता उर्जाशिल युवाहरुलाई सक्षम बनाउने गरि तालिम प्रदान गर्ने ट्रेनिङ सेन्टरहरु पोखरामा एकदम कम मात्र रहेको महसुस भयो । त्यहि अभावलाई पूर्ति गर्न मैले सेवा निवृत सार्थीहरुसँग सल्लाह गरेर ट्रेनिङ सेन्टर सञ्चालन गरी आफ्नो अनुभव बाँड्ने निस्कर्ष गरेको हुँ । हामीसँग अहिले रिटायर्ड व्रिटिस आर्मी साथीहरु एचवि पुन, डिवि लामा र मास्टर राजेश राई सहितको चार सदस्यीय सञ्चालक वोर्डको प्रत्यक्ष संलग्नतामा ट्रेनिङ सेन्टर चलाई रहेका छौं ।

० पहिलो वर्ष मै २५ जनालाई भर्ति लगाउन सफल हुनु भएछ नि ? – पहिलो कुरा त हामी सञ्चालकहरु चारैजना यो क्षेत्रको व्यवसायिक दक्षता र अनुभव प्राप्त ट्रेनर हौं । व्रिटिस आर्मी, सिंगापुर पुलिस, बन्न कस्तो योग्यता मेन्टेण्ड गर्नु पर्छ भन्ने बारेमा हामीलाई राम्रो हेक्का छ । हामीले प्रशिक्षार्थीको संख्या बढाएर पैसा कमाउने विषयलाई भन्दा गुणात्मक उम्मेदवार छनौट गरेर मात्र तालिममा छनौट गरायौं । अनुशासन लगनशिलता र कठोर परिक्षाको दायरामा तालिम गराएर एउटा काँचो किशोरलाई उनीहरुको चाहना बमोजिमको भर्तिको लागि योग्य युवा बनायौं ।

० कस्तो छ प्रशिक्षण कक्षको वातावरण ? – पोखराको सेती वाघ मार्गमा रहेको हाम्रो ट्रनिङ स्थल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । पर्याप्त जमिन, खेल मैदान, आवासिय सुविधा मात्र हैन उनीहरुका हरेक गतिविधिहरु व्रिटिस आर्मी तथा सिंगापुर पुलिसका लागि तोकिएका मापदण्ड भित्रका विषय वस्तुहरु, तत्सम्वन्धि कोर्षहरु पनि सञ्चालन गरिरहेका छौं । तालिम अवधि कम्तिमा ३ महिनाको हुने गर्छ । त्यसमा एजुकेशन कोर्ष १ महिनाको अलग्गै हुन्छ । जसमा चार महिनाको फूल प्याकेज आवासिय रुपमा प्रदान गर्दै आएका छौं । तालिम कोर्षमा कुनै कम्परमाइज छैन ।० व्रिटिस आर्मी, सिंगापुर पुलिस कोर्ष गर्न कुन जाती समुदायको बढि आकर्षण हुन्छ ? – ८५ प्रतिशत मंगोलियन आउँछन् । त्यसमा पनि गुरुङ, मगर, राई, लिम्वु, तामाङको वर्चस्व वढी हुन्छ । बाँकी १५ प्रतिशतमा क्षेत्री, बाहुन र दलित समुदायका आएका छन् ।० भर्ति लगाइदिन घुस लेनदेन हुन्छ भन्ने चर्चा सुनिन्छ, पैसाको आडमा भर्ती हुनसक्छ ? – यो सबै वकवास तर्क हो । व्रिटिस र सिंगापुर भर्ति हुन करोडौं रुपैयाँ दिए पनि सम्भव छैन । यो हल्ला मात्र हो । कतिपय ट्रेनिङ स्कुलहरुले त्यसरी रकम लिएका भन्ने सुन्नमा आएको कुरा हो । ट्रेनिङ स्कुलहरुलाई वद्नाम गराउन कुनै दलालहरुले त्यस्तो धन्दा चलाउन सक्छन् । त्यसमा अभिभावक सचेत हुनुपर्छ । भर्ति लाग्न अनुसाशन योग्यता, दक्षता र फिटनेश अनिवार्य सर्त हो । त्यसैले हामीले सम्पूर्ण विद्यार्थी र अभिभावकहरुलाई सचेत गराउँदै आएका छौं ।० ट्रेनिङ सेन्टरको व्यवसाय कति सुरक्षित र सुनिश्चित छ ? – जबसम्म व्रिटिस आमी र सिंगापुर पुलिसको भर्ति कायम रहन्छ तबसम्म सुरक्षित छ । तर, व्यवसायको सुनिश्चितताका लागि छुट्टै पहल, रणनीति लगाव र लगानी आवश्यक छ । मापदण्ड पूरा गरेरमत्र ट्रेनिङ स्कुलहरु सञ्चालन ल्याउनु पर्छ । वदलिदो परिस्थितिमा जुध्न सक्ने गरि कार्ययोजना ल्याउनुपर्छ । लगानी मात्र भएर हुन्न योजना र अनुभवसँगै अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र चाहिन्छ, जुन कुरा गोरखा फिट्नेशले तय गरेको छ ।० राज्य पक्षवाट कस्तो सहयोग पाउनु भएको छ ? – गरिखाने वातावरण पटक्कै छैन । नियमानुसार कम्पनी दर्ता गर्न खोज्दा खाएको गोता अझै भुल्न सकिएको छैन । जता ततै ढिला सुस्ती अनियमितता छ । वातावरण अत्यन्तै प्रतिकूल रहेछ । तर, जे जस्तो परिस्थितिको सृजना भएपनि आफ्नै मुलुक भित्र केही गरौं भन्ने सोचलाई जोगाइरहेको छु । हेरौ कतिसम्म सहन सकिन्छ, तबसम्म गरि खाने प्रयास गरिन्छ नत्र फेरि देश छाड्न वाध्य हुनु पर्छ ।० १६ वर्ष लामो व्रिटिस लाहुरेको अनुभव बताइदिनुस् न ? – खासगरि युरोपमा विधिको साशन चल्छ । उनीहरु यति धेरै फिट र सहयोगी छन् कि हामी कल्पना पनि गर्न सक्दैनौ । कानूनको साशन गर्ने साशक र कानुन मान्ने जनताको तालमेल राम्रो छ । स्मार्ट साशन छ । लोकतन्त्रको वास्तविक अर्थमा परिपालना छ त्यहि भएर मुलुक धनी छ ।० गोरखा भर्ती बन्द गर्नु पर्ने भन्दै विभिन्न दल र तिनका संगठनहरुले माग राख्दै आएका छन् नि ? – तिनिहरु गलत छन्, जसले गोरखा भर्ती बन्द गर्नु पर्ने माग गरिरहेका छन् । उनीहरुले सक्छन् भने अरवका खाडीमा १०–२० हजारमा वेचिने श्रमिक आपूर्ति रोक्न सक्नु पर्छ । नव जवानलाई खाडीमा पठाउने अनि नेपालमा करोडौं भित्र्याउने गोर्खा भर्ति बन्द गर्ने कुरामा कुनै तुक छैन । जवकि नेपाल सरकार स्वयम् आफ्ना सेना प्रहरीलाई शान्ती मिसनका नाममा अफ्रिका लगायतमा पठाइरहेको छ । यो भाषा केवल ठगि खानेहरुको कुतर्क मात्र हो । देशमै अवसर भए विदेशिन कसलाई रहर हुन्छ र ? तसर्थः यस्ता संवेदनशील विषयमा वेतुकका कुरा गर्ने पार्टी, संगठन वा व्यक्तिहरुलाई आफ्नो मुलुकको भूराजनीतिक अवस्था र धरातलीय यथार्थ बुझिदिन आग्रह गर्दछु ।० अन्त्यमा, के भन्न चाहनु हुन्छ ? – राज्यले लगानीको सुरक्षाको प्रत्याभूतिसँगै नागरिकहरुलाई गरि खाने वातावरण बनाइदिनु आवश्यक छ । त्यसका लागि हामी सबै एक जुट भएर पहल गर्नु पर्ने बेला आएको छ । म सबैजनालाई के आग्रह गर्छु भने कसैले राम्रो काम गर्दैछ भने त्यसको खुट्टा तान्ने भन्दा पनि सहयोग गर्ने बानी बसालौं । प्रस्तुती ः यनावचि

प्रतिक्रिया

सम्बन्धित