लोक सेवा आयोगको कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ ।
स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन संविधानमा व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले लोक सेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रर्दशन गरेका हुन ।
प्रर्दशनका क्रममा उनीहरुले सो विज्ञापन खारेज गर्न दवाव दिदै सरकारविरुद्ध पनि चर्का नाराबाजी गरे ।
आयोगले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले बिहीबार प्रदर्शन गरे भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका थिए।
आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ। विज्ञापनअनुसार चार लाखले आवेदन दिइसकेका छन्।
आयोगले शुक्रबारदेखि लिखित परीक्षा लिँदैछ। परीक्षा हुनु एक दिनअघि महासंघले केन्द्रीय कार्यालयमा धर्ना र प्रदर्शन गरेको हो। यसअघि माइतीघर मण्डलमा महासंघले प्रदर्शन गरेका थिए।
लोकसेवाले गरेको बिज्ञापन अनुसारको परीक्षा शुक्रबार ९भोली० बाट सुरु हुँदैछ । आन्दोलनरत पक्षले त्यसको मुखैमा लोक सेवा आयोगको कार्यालय अगाडि प्रर्दशन गर्दै सो विज्ञापन खारेज गर्न माग गरेका हुन ।
बिज्ञापनबिरुद्ध अदालतमा परेका विभिन्न रिटमा सर्वोच्च अदालतले बिज्ञापन प्रकिया रोक्न अस्वकिार गर्दै अन्तरिम आदेश जारी गरेपछि आयोगले ती पदहरुमा भोलिबाट परीक्षा संचालन गर्दैछ ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_7bQBaw1Qr9_f0pudj09g7afcdrttcjwg2hzjojchxixkuk5gothdldfw2p4elvirl0do14z.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_CyaeGf6eR1_qn4spopzexipzolz79agtimrp44rndx8xgtgwizbsamlsakyj9dady1wblk0.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_NKgpsNXMYE_35jphz3tk2u7tqxmmfcqsamwjkrc2mdbcmuq4isgxc2mss6dekbuff8e9w2y.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_OwJrV1XE57_hmmmwjrxsxztuzejx2oxnhcumomkdycdtpwgrufwipduzhgdn9t38rpaacn5.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया