१८ घण्टाभित्र १५ वटा एनसेल टावरमा आक्रमण

काठमाडौं । दुई दिनमा १५ स्थानका एनसेलका टावरमा आक्रमण भएका छन् । हिजो (बुधबार) तीन बजेदेखि आज (विहिबार) विहान ९ बजेसम्म देशका विभिन्न भागमा रहेका १५ स्थानका एनसेलका टावरमा आक्रमण भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार हिजो ८ः३० बजे अर्घाखाँचीको पाणेनी गाउपालिका–५ स्थित उपल्लो अमजामा रहेको एनसेल टावरमा आक्रमण भएको थियो । त्यसलगत्तै हिजो ११ः३० बजे कपीलबस्तुको बुद्धभुमी नगरपालिका–८ स्थित मन नगरामा रहेको एनसेल टावरमाथि आक्रमण भएको थियो ।
त्यसैगरी आज विहान १ बज्न नपाउँदै झापाको अर्जुनधारा नगरपालिका–१० कालिकास्थानस्थित एनसेल टावरमा आक्रमण भएको थियो भने ५ः३० बजे धादिङको धुनीबेशी नगरपालिका ४ देविस्थानमा रहेको टावरमा आक्रमण भएको थियो ।
त्यस्तै हिजो ११ः१४ बजे धादिङको सिद्धलेक गाउपालिका–६, १२ः३० बजे रुपन्देहीको गैडहवा गाउँपालिका–२ स्थित सानो धुपही र सोही समयमा कैलालीको धनगढी उपमहानगरपालिका–६, ११ः१५ बजे नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ स्थित मगरकोट, २३ः४५ बजे डडेलधुराको आलिताल गाउँपालिका–२ स्थिति काफली, १२ बजे पर्वतको मोदी गाउँपालिका–६ स्थित तिलाहरथानकोट र सोही समयमा बाग्लुङको निसीखोला गाउँपालिका–७ स्थित राजकुट तथा १०ः३० बजे म्याग्दीको बेनी नगरपालिका–२ स्थित ज्यामरुककोटमा रहेको एनसेल टावरमा आक्रमण भएको थियो ।
त्यसैगरी आज राती १ः३० बजे बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित निहामुदपुर, १ः३५ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर र २ः०५ बजे कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मीमा रहेको एनसेल टावरमा अज्ञात समूले आगो लगाई आक्रमण गरेको थियो ।
प्रहरीले प्रतिवन्धित विप्लव समूहले अक्रमण गरेको हुनसक्ने जनाएपनि त्यसको पुष्टि भने हुन सेकेको छैन ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_WbO9IfUNYA_gcghltxsfstnfvt2xc3wqhmh4kcglvuegpm5uk326vilompmrmoac6ie1uzl.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_OGb0UvIi7F_wthbkm5xf2fnpnrzd14otjws56jlusfbbnuppp9a0u4viz3bktihdaoswjas.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_PVbnF8MhDK_fp16jppgdxdi8ngmc16qjc1lwyzc12fq5s4wgqaoy9u2l7mhyzsiiew2kal5.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_MwWYEw1Swi_noebjumrxzwposivbyy6g5bxs0fkmdwhsmy6sivfahosebp0xecbi4h46kus.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया