होटलमा काम लगाइदिने वहानमा दुई युवतीलाई यौनधन्दामा लगाउने दुई जना पक्राउ

pakrau

  सुनसरी । होटलमा काम लगाइदिने बहानामा दुई किशोरीलाई यौनधन्दा गराएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले ईटहरी उपमहानगरपालिका–६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी यौनधन्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा–८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका–१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी यौनधन्दा गराएका हुन् । सुब्बा र कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित