नेकपाका प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहीबार राति अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैना–७ रामापुर कलौनीमा रहेको ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो ।
ढकाल सुत्ने कोठा, बुबा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने गरेको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । घरमा पत्नी, आमा, बुवा रहेको बेला बम प्रहार भएको हो ।
प्रदेश–५ का नेकपाका प्रमुख सचेतक ढकाल भने काठमाडौंको मेडिसिटी अस्पतालमा गएको चार दिनदेखि उपचाररत रहेको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
प्रतिक्रिया