एनसेलबारे सर्वोच्चको फैसला अध्ययन गर्दै संसदीय समिति

ncell

  काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले अध्ययन गर्ने भएको छ ।

सर्वोच्च अदालतले भदौ ९ गते एनसेलको कर विवादबारे गरेको फैसलामा समितिले अध्ययन गर्ने भएको हो । भदौ ९ गते सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले गत वैशाखमा निर्धारण गरेको कर बदर गरेको थियो ।

समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने आवाज उठाएका हुन् ।

सांसदहरुको धारणा सुनपछि समितिका सभापति कृष्णभक्त पोखरेलले न्यायपालिकालाई संसदीय समितिले यस्तो फैसला गर भन्न नमिले पनि उसको फैसलामाथि प्रश्न उठाउने बताए ।

सभापति पोखरेलले अर्को बैठकमा सांसदहरु एनसेल कर छुटबारे सर्वोच्चको फैसलाबारे थप छलफल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित