१५ वर्षीया किशोरी मुस्कानमाथि एसिड प्रहार, सम्साद पक्राउ

muskan and samsaad

   काठमाडौं । विरगञ्जको त्रिभुवन हनुमान माविमा नौ कक्षामा अध्ययनरत १५ वर्षीय किशोरीमाथि एसिड प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका–३ मा मामाघरमा बसेर पढ्दै आएकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो।

आज बिहान ६ बजे खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। प्रहरीले एसीड प्रहार गरेको अभियोग लागेका युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

खातुनमाथि १६ बर्षीय सम्साद मिया र माजिद आलमले मुख, छाती र हातमा एसीड खन्याएको प्रहरीमा जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सम्सादलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रुमख एसपी सोमन्द्रसिंह राठौरले बताए । फरार माजिद आलमको खोजी कार्य भइरहेको पनि एसपी राठौरले बताए ।

अहिले घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा मुस्कानमाथि एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

प्रहरीका अनुसार मुस्कानको दाहिने गाला, छाती र हात जलेको छ । मुस्कानलाई उपचारको लागि काठमाडौंको कीर्तिपुरमा रहेको फेक्ट अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित