थावाङ पहिरो : एकै परिवारका ६ जनाको मृत्यु
काठमाडौं । अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिका २ छेर्लाबाङमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै २ जनाको शव विहानै निकालिएको भएपनि अन्य चार जनाको भने दिउसो शव निकालिएको बताए ।
थबाङ गाउँपालिका–२ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोमा पुरिएपछि २८ वर्षीया शीरकुमारी र उनका ४ वर्षीय छोरा असलको मृत्यु भएको छ ।
प्रहरीले उद्धारका क्रममा आमा–छोराको शव फेला विहान ८ बजे नै फेला पारेपनि बाँकी चार जनाको भने दिउसो निकालेको हो ।
तीन दिनदेखि भारी वर्ष भएकाले घर माथिबाट निर्माणाधीन सहिद मार्गबाट पहिरो खसेको हो।
ढुंगा र काठको छाना भएको दुई तले घरको माथिल्लो तलामा रहेका शीरकुकारी र उनका छोराको उद्धार गरिए पनि आश्रय लिई तल्लो तलामा बास बसेकाका शीरुकुमारीका जेठाजुको परिवारका चार जनाको शव भने दिउसो मात्र निकालिएको प्रहरीले जनाएको छ ।
पुरिएको घरको तल्लो तलामा ३६ वर्षीय जय बुढामगर, उनकी ४० वर्षीया श्रीमती मुलज्योति बुढामगर, १० वर्षीया छोरी गृष्मा र अर्की डेढ वर्षीया छोरी थिए। उनीहरु चारै जनाको निधन भएको हो ।
आफ्नो घर असुरक्षि भएपछि जयबहादुरको परिवार उक्त घरमा सुत्न आएको बताइएको छ ।
उद्धारका लाथि जिल्ला प्रहरी कार्यालयसहित थबाङ, घर्तीगाउ, कुरेली, मिरुल, इरिबाङ लगायतबाट प्रहरी घटनास्थल पुगेको थियो ।
घरभित्रका वस्तुभाउ समेत पुरिएका छन्। केही गाई र गोरु मरेको अवस्थामा फेला पारिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया