रणवीर र आलियाको लण्डनमा मस्ती

alia

  काठमाडौं । बलिउड स्टार रणवीर कपुर र आलिया भट्टको विहेको हल्ला चलिरहँदा उनीहरुले भने हालै लन्डनमा एक फ्यानसँग खिचेको फोटो सार्वजनिक गरेका छन् ।

तर, विहेको हल्ला गलत भएको आलियाले प्रतिकृया दिइसकेकी छन् । अयान मुखर्जीको ब्रम्हास्त्रमा रणवीर र आलियाको जोडी सुटिङको तयारीमा छन्। मनालीमा हुने सुटिङबाट यो जोडी पहिलो पटक फिल्ममा एकैसाथ देखिनेछन्।

यो फिल्ममा अमिताव बच्चन, मौनी रोय र नागर्जुन पनि रहने छन्। फिल्म काल्पनिक कथामा आधारित हुनेछ जसमा रणवीर विशेष शक्ति हासिल गरेका शिवको भूमिका निर्वाह गर्नेछन् भने आलियाले इशाको भूमिका निर्वाह गर्नेछिन्।

प्रतिक्रिया

सम्बन्धित