१४ वर्षपछि ‘फस्ट क्लास’ क्रिकेट खेल्दै नेपाल
काठमाडौं । नेपाली क्रिकेट टोलीले लामो समय पछि आज ‘फस्ट क्लास’ क्रिकेट खेल्ने भएको छ।
मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) को नेपाल भ्रमणका क्रममा नेपाल र एमसिसीले आजबाट ‘फस्ट्र क्लास’ क्रिकेट खेल्ने भएका हुन् ।
खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा बिहान साढे ९ बजेपछि सुरु हुनेछ।
नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन्। टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन्।
करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको हो। सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो।
अन्तिम पटक नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो। त्यसयता नेपालले फस्ट क्लास क्रिकेट खेलेको छैन।
नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसंग एकदिवसीय क्रिकेट खेलेको थियो। उमेर समुहको टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसँग भने पराजित भएको थियो।
लगत्तै एमसीसीले मिक्स टिम सहित यू–१९ टिमसँग र पोखरासँग टी–ट्वान्टी म्याच खेल्नेछ।
प्रतिक्रिया