अपहरणको १० दिनपछि बालकको सकुशल उद्धार, गोही हानेर अपहरणकारी पक्राउ

pestol

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले एक अपहरणकारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

१४ वर्षिया बालक अपहरणको १० दिनपछि सकुशल उद्धार गर्न सफल पर्सा प्रहरीले अपहरणकारीलाई गोली प्रहार गरी पक्राउ गरेको हो ।

गएराती वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको हो। गोली दासको दाहिने खुट्टामा लागेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्र सिंह राठोरले काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको बताए ।

फिरौती लिंदै गरेको ठाउँमा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि गोली प्रहार गरिएको एसपी राठौरले बताए । गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

राजकुमारले १० दिनदेखि बालक अपहरण गरेर भारतमा लगेर बन्धक बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले अपहरणकारी अभियुक्त राजकुमारको साथबाट एकथान कटुवा पेस्तोल र एक राउण्ड गोली पनि बरामद गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित