इन्डोनेसियामा भूकम्प सँगै सुनामी आउने संकेत
काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
अमेरिकन भौगर्भिक सर्भेले जनाए अनुसार भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो ।
भूकम्पका कारण मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन । यो भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ ।
इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ ।
स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा त्रास पैदा भएको छ । सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन भनेको छ । – एजेन्सी
प्रतिक्रिया