भक्तपुरमा कांग्रेस र नेमकिपाको विरोधले विकासका काम रोकिँदैन : सांसद बस्नेत

maheshn

 भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टीले इटा भट्टाको संरक्षण गरी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी प्रदुषित वातावरण बनाई १६ वर्ष नपुगी चस्मा लागाउनु पर्ने वातावरण सिर्जना गरेको वताएका छन् ।


आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ मा नेकपाका उम्मेदवार डिपी ढकाललाई विजयी गराउन आज चाँगुनारायण नगरपालिकाको वडा नं. ९ ताथलीमा भएको चुनावी प्रचार प्रसार तथा घर दैलो कार्यक्रममा बोल्दै उनले भक्तपुरमा नेमकिपाका कारण प्रदुषित वातावरणमा जीवन विताउ वाध्य बनाई मानिसको नैसर्गिक जीवन जिउन पाउने अघिकारलाई समेत कुण्ठित गरेको वताए ।

सांसद बस्नेतले भक्तपुरमा नेकपाले गरेको विकास देखेर आफ्नो अस्थितत्व समाप्त हुँदै गएको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विभिन्न बहानामा विकासको विरोध गर्ने गरेको उल्लेख गरे ।

 कांग्रेस र नेमकिपाले गरेको लामो समयको इतिहास र नेकपाले गरेको दुई वर्षे कार्यकालमा भएको विकास त्यो भन्दा बढी भएको उल्लेख गर्दै सांसद बस्नेतले वर्तमान नेकपाकाले जनप्रतिनिधिले विकासको सारथीको रुपमा काम गरिरहेको दाबी गरे । जनताले झुक्किएर कांग्रेस र नेमकिपामा भोट हालेको बताउँदै सांसद बस्नेतले जनतालाई पहिलेका जनप्रतिनिधिले दुःख सुखमा झुक्याउने काम गरेको पनि उल्लेख गरे ।
उनले भने , ‘नेमकिपाले भक्तपुरमा हुने राष्ट्रिय गौरवका आयोजनाहरु अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी, सभागहृ, कवोर्ड हल, आधुनिक वीर अस्पताल, प्रदेशको राजधानीलगायतका आयोजनाको विरोध गरेको छ । तर भक्तपुरमा इट्टा भट्टा आवश्यक छैन भन्न सक्दैन रु नेमकिपाको आय स्रोतको आधार इट्ट भट्टा रहेको छ । त्यसैले विकासको विरोध गर्छ । इट्टा भट्टाको विरोध गर्दैन ।’

भक्तपुरमा कांग्रेस र नेमकिपाको विरोधले विकास नरोकिने उल्लेख गर्दै कांग्रेसले भक्तपुरमा आएर भ्रष्टाचारको कुरा गर्दै हिड्नुको कुनै तुक नभएको सांसद बस्नेतले वताए । भक्तपुरको २ नं. क्षेत्रको कामले नेपालमा प्रभाव पारेको उल्लेख गर्दै सांसद बस्नेतले भक्तपुरमा सडक, खानेपानी, ढललगायतका आयोजनाहरु ठाउँ ठाउँमा भइरहेको जानकारी गराए । भक्तपुरमा भएका सडकहरुको वैकल्पीक सडकहरुको समेत निर्माण कार्य भइरहेको जानकारी गराउँदै सूर्यविनायक धुलिखेल सडक राजमार्गलाई स्तरोन्नती गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित