जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु, ४० घाइते
काठमाडौं । धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आज बिहान जन्ती बोकेको बस दुर्घटनामा परेको जिल्लला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धादिङ प्रहरीका अनुसार दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर ल्याइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
प्रतिक्रिया