बिआईसीसी अगाडि डाक्टरलाई ठक्कर दिएर भागेको बस रामेछापमा भेटियाे
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआईसीसी) (संविधानसभा भवन) को दक्षिण गेट नजिकै सिभिल अस्पतालका चिकित्सक डा. प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडी रामेछापमा फेला परेको छ ।
प्रहरीले रामेछापबाट बा४ख ६१४ नम्बरको बस र चालकलाई नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरेको छ ।
यद्यपी पक्राउ परेका चालकको नाम भने खुलाइएको छैन । आइतबार बिहान मर्निङ वाकमा हिँड्ने क्रममा बसको ठक्करबाट डा. जोशीको मृत्यु भएको थियो ।
प्रतिक्रिया