कास्की २ मा विद्याले रचिन इतिहास, फराकिलो मतान्तरले विजयी
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ नेकपाकी उम्मेदवार विद्या भट्टराई ८ हजार ४०९ फराकिलो मतान्तरले विजयी भएकी छन् ।
उनले २४ हजार ३९५ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका छन् ।
कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।
विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
कास्की २ मा ६३।४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो ।
कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्नी विद्या भट्टराई लगायत चुनावी मैदानमा थिए ।
तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ बाट प्रतिनिधि सभाको रिक्त सिटमा उनै स्व. रविन्द्र पत्नी विद्या विजयी भएकी हुन् ।
प्रतिक्रिया