अस्पतालको शैयाबाटै प्रधानमन्त्री ओलीले भने–‘म ठिक छु, सबै समाचार हेर्न सक्छु’

kp sharma in bed

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले आफू उठेर बोल्न र साथीहरु सँग कुरा गर्न सक्ने अवस्थामा रहेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीको उनको मंगलबार एपेण्डिसाइटिसको अप्रेसन गरिएको थियो । सघन उपचार कक्षमा रहेका प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा भनेका छन्–‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ । मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

आफूले आइतबारको १३औं अन्तर्राष्ट्रिय साग गेमको उद्घाटन समारोह पनि पूरै हेरेको बताएका छन् । उनले भनेका छन्–‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित