ह्वाट्सएपमार्फत ८० लाख भन्दा बढि ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाले सामाजिक संजाल ह्वाट्सएपमा भारतीय मोवाईल नम्बर राखेर ठगी गर्दै आएका दुई जनालाई पक्राउ गरेको छ ।
अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडीलगायतका सामानहरु सस्तो मुल्यमा पठाई दिने विज्ञापन गरी ठगी गरीरहेका उनीहरुलाई महाशाखाको टोलीले सोमबार पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ल चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने पेशलाले विद्यार्थी रहेका वर्ष २२ का अमिर थापा र भक्तपुर कमलबिनायकका वर्ष २४ का अमन अवाल रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले एक महिनाको अवधीमा आठ लाख रुपैयाँ भन्दी बढी रकम ठगी गरेको खुल्न आएको छ ।
सोही प्रकृतिका घटनाहरु पुनः दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग÷सचेत रहन आग्रह गर्दै महाशाखाले अनलाईनबाट सामान मगाई अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी ठगीएका कोही भए महानगरीय अपराध महाशाखा टेकुमा आवश्यक समन्वय गर्न÷ गराउन समेत सम्वन्धित सबैलाई अपिल गरेको छ ।
प्रतिक्रिया