प्रेस काउन्सिलभित्रको भ्रष्टाचार छानविनको माग

press

  काठमाडौं । पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस काउन्सिल नेपाल शुद्धिकरण अभियान जारी राजेको जनाएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर शाखाले संचारग्राममा आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले काउन्सिलमा भएको भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्न एउटा आयोग गठनको माग गरेका छन् ।

पत्रकार दीपक पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले प्रेस काउन्सिलको बजेट व्यापक दुरुपयोग गरिएको, आचारसंहिता गोष्ठिको नाममा वार्षिक करोडौं भ्रष्टाचार गरिएको र पत्रिका वर्गिकरण गर्दा समेत काउन्सिलका पदाधिकारीहरुले पत्रकारहरुसँग खसी, बोका तथा चामल उपहार लिएको र त्यही आधारमा वर्गिकरण गरिएको आरोप समेत लगाए ।

वर्गिकरणमा विभेद भएको भन्दै पत्रकारहरुले काउन्सिलविरुद्ध सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई समेत ज्ञापनपत्र बुझाइसकेका छन् ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले काउन्सिलमा नक्कली बिल बनाएर समेत अनियमितता गर्ने गरेको आरोप लगाए ।

विगत लामो समयदेखि अध्यक्षविहिन भएको काउन्सिलमा तत्कालै उच्च नैतिकतावान व्यक्ति नियुक्त गर्न माग गर्दै पत्ररकाहरुले भ्रष्टाचारको छानविन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित