न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा पाँच जनाको मृत्यु, कैयौं सम्पर्कविहीन

jwalamukhi

  काठमाडौं । न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कयौं सम्पर्कविहीन भएका छन् ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो।

विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएकाले धेरै घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले सो ज्वालामुखीमा परेका २३ जनालाई उद्धार गरिएको जनाएको छ । हताहत हुने व्यक्तिको संख्या बढ्न सक्ने बताइएको छ ।

सो स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ ।

उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् । घाइतेहरूको शरीर पोलेको छ ।

न्यूजील्यान्डको क्रूज असोसिएशनका अनुसार एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित