१४ औं संस्करण पाकिस्तानमा
काठमाडौं । १४औं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ । १३औं सागको मंगलबार हुने समापन समारोहमा पाकिस्तानले १४औं साग आयोजनाको झन्डा लिनेछ ।
साउथ एसियन ओलम्पिक काउन्सिल (एसओएससी) को सोमबार राजधानीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतियोगिता जुन देशले आयोजना गर्ने हो , काउन्सिलको सचिवालय त्यही देशमा हुने भए पनि हाललाई काउन्सिलको सचिवालय नेपालमै राख्ने निर्णय भएको काउन्सिलका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी गराए ।
श्रेष्ठका अनुसार ६ महिनाभित्र काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरेर १४औं सागको मिति र आयोजक सहर तोकिने छ ।
यसअघि पाकिस्तानले सन् १९८९ (चौथो) र २००४ (नवौं) को साग इस्लामावादमा आयोजना गरेको थियो ।
प्रतिक्रिया