ज्यान मुद्धाका फरार गाउँपालिकाका अध्यक्ष बारामा पक्राउ

raut

  वीरगञ्ज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् ।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार आइतबार अध्यक्ष राउतलाई पक्राउ गरिएको हो ।

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

राउतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अदालतको आदेशले राउतलाई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगञ्ज पर्सामा पठाईएको एसपी खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित