अपायक भनिएपनि प्रदेश ३ को स्थायी राजधानी हेटौंडा, नाम वाग्मती

nekapa_1

   काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

नेकपा प्रदेश ३ संसदीय दलको पटक÷पटक गरी पाँच दिनसम्म चलेको बैठकपश्चात् आज स्थायी राजधानी र नामकरणको विषयमा सहमति जुटेको हो ।

शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो ।

नेकपाको सचिवालयले नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार संसदीय दलको बैठकले प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता गराउनेछ ।

प्रदेशसभामा दर्ता गराइने उक्त प्रस्तावमा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने निर्णय भएको छ ।

नेकपाभित्र ह्वीप लाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी गर्दै मुख्यमन्त्री पौडेल पार्टीको आधिकारिक निर्णयअनुसार अगाडि बढेकाले त्यसैमा मतदान हुने दावी गरे ।

नामकरणभन्दा पनि स्यायी राजधानीको विषयलाई लिएर नेकपाभित्र विवाद भएको थियो । बहुमत सदस्य काभ्रेको पक्षमा रहँदा पटक÷पटक बैठक स्थगित भइरहेको थियो ।

प्रदेशसभामा नेकपाको ८० मत रहेका छ । ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ । यदि नेकपाका सांसदहरुले पार्टिको निर्देशन मानेको खण्डमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै हुन्छ । यद्यपी हेटौंडा स्थायी राजधानीका लागि उपयुक्र्त (१३ वटै जिल्लाका लागि पायक पर्ने) स्थान भने होइन ।

प्रतिक्रिया

सम्बन्धित