कोरोना उपचार गर्न काठमाडौंमा पाँच अस्पताल स्ट्यान्डबाई
काठमाडौं। चीनको वुहानमा अध्ययन गरेर फर्किएका जनकपुरका ३२ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि नेपालले सतर्कता अपनाएको छ । कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न पाँच अस्पताल तोकेको छ ।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकिएका हुन् । शनिबार सबै अस्पताल प्रमुखहरूलाई बोलाएर तयारी अवस्थामा रहन दिर्नेशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । प्रारम्भिक चरणमा बिरामी हेर्न शुक्रराज तथा सरुवा रोग अस्पताललाई जिम्मा दिएको छ ।
दुई हप्ताअघि वुहानबाट नेपाल आएका युवालाई पनि ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि सुरुमा टेकु अस्पतालमै भर्ना गरिएको थियो । कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो । तर, परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विश्वस्वास्थ्य संगठन ९डब्लुएचओ०को अग्रसरतामा उनको रगत र र्यालको नमूना हङकङ पठाइएको थियो । बिहीवार राति आएको उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । तर, रिपोर्ट आउँदासम्म बिरामी भने डिस्चार्ज भइसकेका छन् । बिरामी नै अस्पताल बस्न नमानेपछि विशेष निगरानीमा घर पठाइएको चिकित्सकहरूले बताएका छन् । (नयाँ पत्रीका )
प्रतिक्रिया