टर्कीमा शक्तिशाली भुकम्पबाट मार्नेको सँख्या ३१ पुग्यो
टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सिभरिसमा रहेको थियो । भूकम्पको धक्का छिमेकी शहरहरुमा पनि महशुस गरिएको थियो ।
टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको पुष्टी गरेको छ साथै हजार ६०७ जना घाइते भएका पनि जनाएको छ ।
आफाडका अनुसार पछिल्लो पटक ४५ जनालाई उद्धार गरिएको छ ।
भूकम्पबाट करिब ८० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ६४५ वटा घरमा ठूलै नोक्सानी भएको छ ।
टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले भूकम्प पीडितको उद्धार र पुनस्र्थापनाका लागि सरकारले तत्काल कदम चाल्ने बताएका छन् ।
प्रतिक्रिया