केक अड्केर एक बृद्धाको मृत्यु
सबैभन्दा धेरै मिठाई खाने प्रतिस्पर्धा जित्ने चक्करमा ६० वर्षकी एक महिलाको मृत्यु भएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्डमा अवस्थित बीच हाउस होटलमा उनले प्रतियोगीता जित्नका लागी एकपछि अर्को गर्दै थुप्रै केक मुखमा हालेकी थिईन । केकको थुप्रोले उनलाई स्वास फेर्न समस्या भएको थियो । उनलाई बचाउनका लागी उनलाई अस्पताल लगियो तर अस्पतालले उनलाई बचाउन नसकिने जानकारी दिएको थियो ।
प्रत्यक्षदर्शीले बताए अनुसार महिलाले एकैपटक थुप्रै केक खाने कोसिस गरेकाले उनको स्वास प्रस्वास अवरुद्ध भएको थियो । महिला भुईमा लड्ने वित्तिकै मानिसहरुले मुखबाट सास दिने प्रक्रियाबाट होसमा ल्याउने प्रयास गरेका थिए तर सफल हुन सकेनन । त्यसपछि एम्बुलेन्समा राखी महिलालाई अस्पताल पठाइयो ।
अष्ट्रेलियामा धेरै खाने प्रतिस्पर्धा निकै चर्चित रहँदै आएको छ । अष्ट्रेलिया डेमा थुप्रै होटलले यस्ता प्रतियोगिताको आयोजना गर्ने गर्छ ।
प्रतिक्रिया