निर्भया बलात्कार तथा हत्याका दोषीको डमीलाई फाँसी
निर्भया बलात्कार तथा हत्याका दोषीको फासीँ दिने प्रकृयाको रिहर्सल गरिएको छ । बलात्कार तथा हत्याका चारैजना दोषीको डमीलाई सोमबार दोस्रो पटक फाँसी दिइएको हो । यो प्रक्रिया दोषीलाई फाँसी दिनु अघिको रिहर्सलको रुपमा गरिएको थियो । यसअघि पनि जनवरी १२ मा चारै दोषीका डमीलाई फाँसी दिइएको थियो । डमी उनीहरुको तौलको हिसाबले तयार गरिएको थियो ।
दिल्ली अदालतले चारै दोषीको डेथ वारेन्ट जारी गरेर उनीहरुलाई फेब्रुअरी १ तारिखमा बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ ।
१२ जनावरीमा दोषीको तैल बराबरको ढुङ्गालगायतका सामग्रीबाट डमी बनाइएको थियो । त्यतिबेला जेल अधिकारीहरुले नै यो प्रकृया पुरा गरेका थिए । त्यतिबेला डमीलाई फाँसी दिनका लागि जल्लाद बोलाइएको थिएन ।
निर्भया बलात्कार तथा हत्याका दोषी क्षय ठाकुर, पवन गुप्ता, मुकेश सिंह र विनय शर्मालाई फेब्रुअरी १ तारिख बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ । यी चारैजनालाई जेल नम्बर ३ मा फाँसी बताईएको छ।
प्रतिक्रिया