ज्याक माले कोरोना भाईरसको खोप बनाउन १ करोड ४४ लाख दिने
अलिबाबा समूहका संस्थापक ज्याक मालेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छन ।
फाउन्डेसनका संस्थापक ज्याक मा ले फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताए । खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहने पनि उनले बताए । उनले आफ्नो फाउन्डेसनले भाइरस विरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताए ।
अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनिया युयान उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको थियो ।
प्रतिक्रिया