कोरोनमा भाईरसबाट मृत्यु हुनेको सँख्या २१३ पुग्यो, डब्ल्यूएचओद्धारा ‘स्वास्थ्य संकटकाल’ घोषणा

 corona

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो ।

‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ। यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो।

यस्तै चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सँख्या २१३ जनाको पुगेको छ । बिहीबार मात्रै थप ४२ जनाको मृत्यु भएको हो। त्यस्तै झन्डै १० हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ। बिहीबार मात्रै थप १९८२ जना संक्रमित भेटिएका हुन्।

चीनबाहिर २० देशमा कोरोना भाइरसको संक्रमण फैलिए पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित