सुनको मूल्य बढ्यो
काठमाडौं –
आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँकमा कारोबार भएको छ । यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो ।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया