नेपालमै आइसिसी वर्ल्डकप लिग : घरेलु टिम र ओमान आम्नेसाम्ने

IMG_20200205_081021

काठमाडौं - दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनामा नेपालले गरेको उपलब्धी र व्यवस्थापकीय पाटोको विषयमा पाएको वाहावाही नसेलाउदै बुधबार (आजबाट) अर्को महत्वपूर्ण खेल नेपालले आयोजना गर्दैछ । तीन राष्ट्र सम्मिलित आइसिसी वर्ल्डकप लिग-२ त्रिकोणात्मक शृंखलाको आयोजना नेपालमा पहिलोपटक हो । नेपाली क्रिकेटमा यसले ठूलो अर्थ राखेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृंखलाको पहिलो आयोजक नेपालले पाहुना टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले आफ्नो उद्घाटन खेल ओमनसँग खेल्ने छ। माघ २९ गतेसम्म चल्ने त्रिकोणात्मक शृंखलमा कूल ६ खेल हुनेछन। हरेक टोलीले समान दुई/दुई खेल्ने तालिका रहेको छ।

नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ। यस्तै, तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ र चौथो तथा अन्तिम खेल नेपालले अमेरिकासँग माघ २९ गते खेल्ने तालिका रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीबाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको करिब डेढ वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । आईसिसी विश्वकप डिभिजन-२ अन्तर्गत नेपाल आफ्नो पहिलो त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमान र अमेरिकासँग खेल्न लागेको हो। नेपालले दुवै टोलीसँग दुई दुई खेल खेल्ने छ।

आईसिसी विश्वकप डिभिजन-२ मा ७ टोली रहेका छन्। हरेक टोलीले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नेछन् अर्थात एउटा टोलीले कुल ३६ खेल खेल्ने छ। त्यसपछि तालिकामा शीर्ष तीन स्थानमा रहने टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्।

ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो। सन् २०२३ को एकदिवसीय विश्वकपको रोडम्यापको रूपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालको यो पहिलो शृंखला हो। यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ।

ओमान ८ अंकसहित चौथो स्थानमा छ। सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा एकदिवसीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो भने समग्रमा नेपालको तेस्रो एकदिवसीय शृंखला हो।

पहिलो पटक सन २००८ को डिभिजन पाँचमा आमने सामना भएका अमेरिका र नेपाल ११ पटक एकदिवसीयमा आमने सामने भएका छन्। जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ। ३ खेल भने नतिजाविहीन भएका छन्। नेपालले पहिलोपटक सन् २०१८ को जुनमा एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएयता ६ वटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलेको छ जसमा तीन जित र तीन हारको नतिजा निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित