महिला टी–२०आजबाट, उद्घाटन खेलमा घरेलु टोली अस्ट्रेलिया र भारत भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको सातौं संस्करण आज बाट अस्ट्रेलियामा सुरु हुँदै छ।
प्रतियोगिताको उद्घाटन खेलमा डिपेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारत प्रतिस्पर्धा गर्दैछन्।
दुवै टोली आजको खेलबाट सुखद नतिजाबाट प्रतियोगिता सुरु गर्ने दाउमा रहेकाछन् ।
मार्च ८ सम्म चल्ने प्र्रतियोगितामा १० टिम सहभागी हुनेछन्, जसमा पाँच–पाँच टिमको दुई समूह बनाइएको छ । समूह ‘ए’मा अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्यान्ड र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, थाइल्यान्ड र वेस्ट इन्डिज रहेका छन्।
टुर्नामेन्ट फर्म्याटमा सञ्चालन हुने उक्त प्रतियोगितामा समूह चरणका विजेता र उपविजेता सेमीफाइनल पुग्नेछन् । समूह चरणमा प्रत्येक टोलीले चार–चार खेल खेल्नेछन्।
प्रतिक्रिया