बर्दियामा दादुरा रुवेला खोप अभियान सुरु,पहिलो चरणमा ३८० खोप केन्द्रबाट खोप लगाइने

thumb

बर्दिया । पहिलो चरणमा ६ स्थानीयबाट सुरु भएको दादुरा रुवेला खोप अभियान बर्दियामा सुरु भएको छ । नेपाल भर फागुन १ देखि दादुरा रुवेला खोप अभियान सञ्चालन भए पनि बर्दियामा भने फागुन ७ बुधबारदेखि सुरु भएको ह ।

यस वर्ष ठाकुरबाबा नगरपालिकाका ५० स्थानमा स्थानमा पोलियो थोपा खुवाउने तथा दादुरा रुवेला खोप लगाइने छ । बर्दियामा पहिलो चरणमा ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिकामा खोप लगाइने साथै गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा फागुन २० देखि दोस्रो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिएका छन् । बर्दियामा कुल ४८ हजार २२७ मध्ये पहिलो चरणमा ३८ हजार ५६७ जनालाई पोलियो थोपा र कुल ४० हजार ६०३ मध्ये ३२ हजार ६३८ जनालाई दादुरा रुवेला खोप लगाइने चौधरीले जानकारी दिए । खोप केन्द्र बिहान १० बजेदेखि ४ बजेसम्म खुल्नेछ ।

पहिलो चरणमा ३८० खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ ।

प्रतिक्रिया

सम्बन्धित