केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच बालुवाटारमा भेटवार्ता

10

10

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्षबीच समसामयीक विषयमा छलफल भइरहेको छ ।

संविधान संशोधन, एमसीसी, गोकुल बाँस्कोटा प्रकरण र प्रधानमन्त्रीको जन्मोत्सवमा काटिएको केक प्रकरणमा सरकार र नेकपाको चर्को आलोचना भइरहेको छ । आइतबार राष्ट्रियसभाका उम्मेदवारलाई प्रधानमन्त्री बनाउन समिति गठनपश्चात नेकपाभित्र र बाहिर तरंग आएपछि दुई अध्यक्षबीच उक्त विषयमा छलफल भएको जानकारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन मनाउने क्रममा नेपालको नक्सा आकारको केक काटेपछि उनीप्रतिको राष्ट्रियता प्रस्ट भएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित