काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु आदेश

panauti
काठमाडौं । टिपर दुर्घटनाबाट दुई जनाको मृत्यू भएपछि तनावग्रस्त बनेको पनौतीमा जिल्ला प्रशासन काभ्रेले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । पनौती र त्यस आसपासका क्षेत्रमा मंगलबार बिहान नौ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागिकफुर्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

सोमबार दिउँसो पनौती बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा र छोरीको मृत्यु भएको थियो । घटनापछि पनौती तनाबग्रस्त बनेको थियो । टिपरले ठक्करबाट खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ बर्षीय जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाको निधन भएको थियो ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिँदा दिँदा पैदलयात्री खानिखोला जुनिमाया गोले र उनकी छोरीको मृत्यु भएको थियो । घटनापछि स्थानीयले पनौती पार्क क्षेत्रमा प्रर्दशन गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फाएर र १७ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रर्दशनकारीले पनौतीमा रहेको प्रहरी बिट तोडपोड गरेका थिए । प्रदर्शन उग्रउँदै गएपछि प्रशासनले कफुयु आदेश जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित