बेपत्ता छानबिन आयोगद्वारा २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक (सूचीसहित)
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र तत्कालिन विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि सबैमा अनुरोध गरेको छ ।
सरकारद्वारा गठित आयोगले पहिलोपटक बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो । बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
आयोगद्वारा जारी गरिएको बेपत्ताको सूचीमा पश्चिम तराइको जिल्ला बर्दियाका सबैभन्दा धेरै मानिस बेपत्ता भएको उल्लेख गरिएको छ । बर्दियाका २ सय ५४ जना बेपत्ताको सूचीमा छन् भने दाङबाट १२८, रोल्पाबाट १०३ र रूकुमबाट ४५ जना बेपत्ताको सूचीमा रहेका छन् । आयोगको सूचीमा मनाङ र मुस्ताङमा कोही पनि बेपत्ता नभएको उल्लेख गरिएको छ ।
सूचीः http://www.ciedp.gov.np/uploads/files/bepatta%20name%20list%202073-8-13.pdf
प्रतिक्रिया