राजधानीमै ट्रकभित्र युवती बलात्कृत, तीन पक्राउ

ra

काठमाडौँ ।काठमाडौंमा एक काठमाडैंको तीनथानामा १७ वर्षीया किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार भएको छ। चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

मंगलबार भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले पक्राउ गरेको छ। सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका-१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका-९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका-२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्। उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित