प्रहरीको २० हजार रिजर्भ फोर्स हाई अलर्टमा

nepal-police-1-800x445_1
काठमाडौँ ।
सरकारले कोरोना संक्रमण (कोभिड–१९)फैलिन नदिन लकडाउन गर्ने घोषणा गरेसँगै प्रहरी मुख्यालयले देशभर रहेको रिजर्भ फोर्सलाई उच्च सावधानी (हाई अलर्ट)मा रहन निर्देशन दिएको छ ।

उपत्यकालगायत देशभरका करिब तीन हजार प्रहरी युनिटमा कार्यरत २० हजार बढी रिजर्भ फोर्स तैनाथी अवस्थामा राखिएको मुख्यालयले जनाएको छ । कोरोनाको संक्रमण फैलिएको अवस्थामा नियन्त्रणका लागि तत्काल परिचालन गर्ने गरी रिजर्भ फोर्सलाई हाई अलर्टमा रहन निर्देशन दिइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित