कोरोना कष्टः कोरोनालाई जित्दै चीन, उद्गमस्थल बुहान सामान्यीकरणतर्फ

Bus_wuhan_1
बुहान । विश्वभर नै महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस उद्गमस्थल चीनको बुहानमा भने नियन्त्रणमा आएको छ । विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोनाका कारण बाँकी विश्व क्वारेन्टाइनमा बसिरहेका बेला बुहान भने सामान्यीकरणतर्फ लागेको छ ।

सार्वजनिक बसहरु चल्न थालिसकेका छन्, पसलहरु खुल्ला छन् । नयाँ संक्रमितको संख्या नगन्यमात्रामा छ, मृत्युको घटना त लगभग छैन नै । बुहानले कोरोनाविरुद्ध जित हात पार्दैछ ।

कोरोना भाइरसको उदगम थलो चीनको हुबेई प्रान्तको राजधानी वुहानमा दुई महिना लामो लक डाउनपछि बुधबारदेखि सार्वजनिक बस चल्न थालेका छन्। समाचार संस्था सिन्ह्वाका अनुसार ११७ रूटमा बस सञ्चालनमा आएका हुन्।

बस चलाउनका लागि स्वास्थ्य सुरक्षाका लागि हरेक बसमा ड्राइभरसँगै सुरक्षा निरीक्षकसमेत राखिएको छ ।

ती निरीक्षकले यात्रुको मोबाइल फोनबाट क्युआर कोड चेक गरी स्वास्थ्य अवस्था हेर्छन्। क्युआर कोड नभएकाहरूले यात्रा गर्न स्वास्थ्य प्रमाणपत्र देखाउनु पर्छ। त्यस्तै चालक तथा निरीक्षकले दैनिक आफ्नो तापक्रम नाप्नु पर्ने, मास्क तथा पञ्जा लगाउन अनिवार्य गरिएको छ।

यात्रुहरूले पनि मास्क अनिवार्य लगाउन पुर्ने र एक-अर्कासँग टाढै बस्न पर्ने नियम लागू गरेको हो । वुहानको एक  समुद्री परिकार र बन्यजन्तुको बजारबाट गत डिसेम्बरमा कोरोना भाइरस फैलिएको थियो।

प्रतिक्रिया

सम्बन्धित