संकटका बेला सकारात्मक धारणा र दृष्टिकोण राखौं: अध्यक्ष ढकाल

punya dhakal काठमाडाैं । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रणमा सरकारको नीतिमा साथ दिनुपर्ने बताएको छ । युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै संकटका समयमा देश र नागरिकप्रति कर्तव्यनिष्ट दायित्व निर्वाह गर्ने भूमिकामा रहेका निजामति उच्चपदस्थ, चिकित्सक, स्वास्थ्य प्राविधिक कर्मचारी, ट्रेड युनियनकर्मीहरुबाट देखाइरहेको भूमिकाप्रति निजामति क्षेत्रमा क्रियाशील आधिकारिक, ट्रेड युनियन आभार व्यक्त गर्दछ भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा लकडाउनका कारण देश, विदेशका विभिन्न स्थानमा रहि घरपरिवार भेट्न आतुर मनस्थितिलाई केही समयका लागि आत्मसंयमता अपनाउनका लागि अनुरोध गरिएको छ । त्यस्तै सरकार र राज्यलाई सहयोगी भूमिका निर्वाह गरि सकारात्मक धारणा र दृष्टिकोण राख्न र सामाजिक सूचना संजालबाट यस घडीमा झुठा र अफवाहका सन्देश होइन सत्य सन्देश प्रवाह गर्न युनियनले आग्रह गरेको छ ।


हेर्नुहोस् निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनद्वारा गरिएको अपिलः
विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीबाट संक्रमित, प्रभावित र असरमा रहनुभएका सर्वसाधारण नागरिकहरुलाई तथा सेवा प्रदायमा अहोरात्र खटिनुभएका सरकारी सेवाका चिकित्सक, अन्य स्वास्थ्य प्राविधिक कर्मचारीहरु अत्यावश्यकीय कार्यमा संलग्न कर्मचारीहरु यस संक्रमण अवस्थामा यहाँहरुबाट निर्वाह गरिएको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दछ ।

विश्वव्यापी रुपमा यस संक्रमित महामारीबाट कोही पनि अछुतो छैन । के विकसित, अल्पविकसित र विकासोन्मुख सबै राष्ट्र र आबद्ध नागरिकहरु कुनै न कुनै रुपमा प्रभावित रहिरहनु भएको हुनसक्छ । यस महामारीविरुद्ध प्रतिवाद सामूहिक रुपमा गर्नु सबै नागरिकको कर्तव्य रहेको छ । नेपाल सरकारबाट हालै घोषणा गरिएको लकडाउनबाट नागरिकको स्वास्थ्य संवेदना र महामारीमाथि विजय हासिल गर्ने कार्यप्रति हामी सबैको जिम्मेवारीपूर्वक भूमिका हुनुपर्ने अवस्था छ । संकटका समयमा देश र नागरिकप्रति कर्तव्यनिष्ट दायित्व निर्वाह गर्ने भूमिकामा रहेका निजामति उच्चपदस्थ, चिकित्सक, स्वास्थ्य प्राविधिक कर्मचारी, ट्रेड युनियनकर्मीहरुबाट देखाइरहेको भूमिकाप्रति निजामति क्षेत्रमा क्रियाशील आधिकारिक, ट्रेड युनियन आभार व्यक्त गर्दछ । कर्मचारीहरुबाट दायित्व निर्वाह देखाएको यस अदम्य साहसको प्रसंसा समेत गर्दछ । विगतमा देशलाई संकट पर्दा भूकम्प, स्वास्थ्यसम्बन्धी झाडापखाला लगायतमा जस्तै कोभिड–१९ मा समेत आगामी दिनमा अझ सशक्त क्रियाशील र सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने विश्वास यस जनशक्तिबाट हुनेछ भन्ने विश्वाल दिलाउन चाहान्छु ।

नेपाल सरकारले नचाहँदा नचाहाँदै यस महामारीबाट जीवन सुरक्षित आफू र अरुलाई बनाउन आगामी चैत १८ बिहान ६ः०० बजे सम्म घरमै बस्न अनुरोध गरेको छ । यसलाई सबैले अनुशासित र मर्यादित भई पालना गरौं । संकटका बेला थुप्रै समस्याहरु हुनसक्छन्, त्यस्ता हातमा हात मिलाई सहकार्य गरौं, सबैले सबैलाई सचेत र सजग गराऔं । केही दिन घरमा बस्ने बानी नपरेका कारणले असहजता हुनसक्छ त्यसलाई सामना गर्ने नेपाली साहस र सामथ्र्य प्रदर्शन गरौं । समाजमा कुत्सित मनसाय राखि कालोबजारी गर्ने, मौकाको फाइदा उठाउने जस्ता मानव र समाज विपरितका कार्यप्रति संलग्न नहोऔंं र सजगता समेत अपनाउँ । सरकार र राज्यलाई सहयोगी भूमिका निर्वाह गरि सकारात्मक धारणा र दृष्टिकोण राख्ने कार्य गरौं । सामाजिक सूचना संजालबाट यस घडीमा झुठा र अफवाहका सन्देश होइन सत्य सन्देश प्रवाह गरौं ।

लकडाउनका कारण देश, विदेशका विभिन्न स्थानमा रहि घरपरिवार भेट्न आतुर मनस्थितिलाई केही समयका लागि आत्मसंयमता अपनाऔं । धैर्यता र संयमता नै संकट निकासको मुख्य आधारहरु हुन्, यसतर्फ सबैले ध्यान पुर्याऔं । घर परिवार आफन्तलगायतमा हुने घटनाबाट असर र प्रभावित हुने नागरिकका लागि मनोसामाजिक कार्य योजना तयार गर्ने कार्यमा सरकारले ध्यान पुर्याउने अपेक्षा गर्दछु । विश्वस्वास्थ्य संगठनले यस महामारीबाट सुरक्षित रहन आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी र अन्य उपायहरुमा कुनै कन्जुस्याईँ नगरी पालना गरौं ।

आवश्यकताअनुसार नागरिकको जुनसुकै सेवामा तत्पर रहन आधिकारिक, राष्ट्रिय स्तर र स्वास्थ्यकर्मीका ट्रेड युनियनहरु सहयोग र सहभागीता जनाउने विश्वास दिलाउन चाहन्छु । सकारबाट अझ जिम्मेवारीपूर्वक जनताप्रति बोली, व्यवहार र कार्यशैलीमा ध्यान पुर्याउन सुझाव समेत राख्दछु । साथै नागरिकहरुबाट समेत सरकार र राज्यबाट घोषित नीति, योजना र निर्णयहरुप्रति संवेदनशील बनी पालना गर्न समेत आह्वान र अपिल गर्दछु । आधिकारिक ट्रेड युनियन  यस अन्तर्गत आबद्ध रहने सबै ट्रेड युनियन पेशाकर्मीहरु राष्ट्र, सरकार र नागरिकको साथमा रहेको ब्यहोरा समेत यसै विज्ञप्तिमार्फत् हार्दिक अनुरोध गर्दछु ।
पुण्यप्रसाद ढकाल
अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित