EXCLUSIVE :: टेकु अस्पतालबाट कोरोना संक्रमित युवाको अन्तर्वार्ता : ‘म बाँच्छु, उच्च मनोबल छ’
काठमाडौं। नोभेल कोरोना भाइरस कोभिड १९ बाट संक्रमित तेस्रोव्यक्तिबारे सरकारले सुचना लुकाएको थियो । हुन त सरकारले कोभिड १९ बाटसंक्रमित सबैको व्यक्तिगत परिचय लुकाएको छ । सुचना सार्वजनिक गर्न समेतसरकारलाई एक दिन समय लागेको थियो । तर, व्यक्ति स्वयं यो रोगबाट आफूसंक्रमित भएको विषय सार्वजनिक गर्न तयार भइरहेको बेला सरकारले किन लुकायोभन्ने रहस्यमयी छ । उनको पहिचान लुकाए पनि उनीसँग सम्पर्क गरि अन्तर्वार्ता समेत लिइएको छ ।
कोरोनाबाट संक्रमित युवा धादिङको नेत्रावती डेबजोङ गाउँपालिका वडानम्बर ३ सेमजोङ घर भएका उर बहादुर तामाङले आफू स्वस्थ रहेको मात्रै होइनकेही दिनमा घर फर्कने विश्वास व्यक्त गरेका छन् । राजधानीको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइशोलेशनमा रहेका उर बहादुरले आफूले रोगबाट जितेर फर्कने अठोट गरेका छन् ।प्रस्तुत त उनीसँगको कुराकानीको सम्पादित विवरण :
तपाईंलाई अहिले कस्तो छ ?
म उर बहादुर बहादुर तामाङ हुँ । मलाई कोरोना भाइरस संक्रमणपछि टेकु अस्पतालमा उपचाररत छु । मेरो अहिले स्वास्थ्य अवस्था निकै राम्रो छ । धेरैखोक्दा अलि समस्या हुँदो रहेछ । डाक्टरहरुले औषधी परिवर्तन गरिदिएका छन् ।अलि सहज भएको छ । चार पाँचघण्टा देखि अझै राम्रो भइरहेको छ । पोलेर लेराइएको लसुन खाएको छु । त्यो खाएपछि राम्रो हुँदो रहेछ । दिनभर ठीक हुन्छ रातीको बेला अलि छाप्दो रहेछ ।
शुरुमा कस्तो लक्षण देखियो ?
शुरुमा अल्छि लाग्दो रहेछ । निन्द्रा पनि लाग्दो रहेछ । सुख्खाखोकी पनि लागेको थियो । हल्का ज्वरो पनि आएको थियो । मैले सोचेको थिएँ दुबईबाट आउँदा थकै लागेको त्यसैले होला । म उताबाट आएको २ दिनमा अलि असहज भएको हो । अंकल आन्टीले तिमी जाउ अस्पताल भन्नु भयो । फ्रान्सबाट आएको मान्छेलाई कोरोना लागेको छ रे तिमीलाई पनि भएको हुनसक्छ भन्नु भयो । अस्पताल जाँदा कोरोना संक्रमण पुष्टि भयो ।
विमानस्थलबाट तपाईं कहाँ जानु भयो ?
म होटलमा गएँ । बसुन्धारा स्थित तनहुँ गेष्ट हाउसमा बसेको हुँ । मैले धादिङ जिल्लाको भनेपछि कसैलाई भेटेको छैन । होटलमा त भेट्ने कुरै भएन ।
होटलमा पार्टी दिएको भन्ने कुरा के हो नी ?
यो १० महिना अघि म साउदी अरबबाट फर्किएपछि केही साथीलाई पार्टी दिएको थिएँ । तर, अहिले दुबईबाट आएपछि कसैलाई भेटेको छैन । विरामी थिएँ कसरी पार्टी दिने हो र ? होटल वालालाई बुझ्दाखेरी उसले यो हल्ला फैलाएको रहेछ । समाचारमा आएका कुराहरु गलत हुन् ।
होटलमा कसैलाई भेट्नु भएन र ?
होटलमा अंकल र आन्टीलाई भेटेको थिएँ । चकलेटहरु दिएको थिएँ । म बसेको ठाउँमा आउनु भएको हो । उहाँहरुलाई परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको छैन । एक जना दाइलाई भेटेको थिएँ । मैले चिसो पानीमा नुहाएको कारण पनि एउटा लक्षण देखियो की जस्तो लाग्छ । दाइले दिएको भैँसीको मासु पनि खाएँ । अलि चिल्लो थियो । त्यहीँबाट मलाई गाह्रो भयो । अंकल कान्टीले क्वारेन्टाइनमा गएर बस्न सुझाउनु भयो ।
कोरोना पुष्टि भएपछि तपाईंलाई अत्यास लाग्यो ?
अस्पताल गएर टेष्ट गराएपछि तपाईंको ब्लडमा कोरोना संक्रमण देखियो भन्ने कुरा आयो । त्यसपछि म त छांगाबाट खसेजस्तो भएँ ।पहिले देखि नै ज्वरो आउने त भइरहन्थ्यो । तर, कोरोना लागेपछि कस्तो कस्तो अनुभव भयो । अहिले मलाई ठीक छ ।
खोकी लाग्दै रहेछ नी ?
हो खोकी अलि दह्रो लाग्दो रहेछ । चार पाँच घण्टादेखि अलि कम भएको हो ।
विमानस्थलबा कसरी आउनु भयो ?
म ट्याक्सीमा आएँ । बसुन्धारा साउथ वेष्टन कलेज अगाडीको तनहुँ होटलमा बसेँ । होटलमा केही समस्या देखिएको छैन भन्ने कुरा आएको छ । आत्तिनुपर्दैन ।
तपाईंको अंकल आन्टीलाई संक्रमण त छैन ?
मैले बुझीरहेको छु । उहाँहरुलाई संक्रमण देखिएको छैन ।
तपाईंले भेट्नु भएको दाई सुरक्षित छन् त ?
उहाँलाई मैले फोन गरेर भनेको छु । तपाईं र म सँगैबेडमा पल्टिएका थियौँ । मलाई कोरोना देखिएको छ । परिवारसँग नबस्नुस् भनेकोछु । उहाँले मलाई केही छैन भन्नु भयो । तर मैले त्यस्तो भनेर कहाँ हुन्छ । परिवारको भविष्य सोच्नुस् भनेको छु ।
तपाईंको परिचय सरकारले गोप्य राखेको छ । हामीले सार्वजनिक गर्न मिल्छ ?
केही फरक पर्दैन । मेरो नाम परिचय फोटो सबै हाल्दिुनुस् । मैले पहिले पनि डाक्टरलाई भनेको छु । मेरो घर धादिङ जिल्ला हो । नेत्रावती डेबजोङ गाउँपालिका वडा नम्बर २ सेम्जोङ हो । मैले आफैले स्ट्याटस लेखौँ भनेर सोचेको थिएँ । फेरी पछि सबैले कराउन थाले । लेख्न मनथियो । सबै ठाउँमा गलत न्युज आएका कारण स्ट्याटस लेख्न मन थियो । एक जनादाइले लेख्नु भयो रे उहाँलाई धेरै धन्यवाद ।
तपाईं कति गते दुबइबाट उड्नु भएको थियो ?
मलाई नेपाली मिति थाहा भएन । म मार्च १९ मादुबईबाट नेपाल आएको हुँ । सोही दिन नेपाली समय अनुसार बेलुका साढे १० बजेनेपालमा ल्याण्ड भएको हुँ ।
कति समयमा तपाईंको रोग परिक्षण भयो ?
म २ दिन होटलमा बसेँ । अलि छिटै अस्पताल पुगेको थिएँ । हेरौँ अब के हुन्छ ।
डाक्टर नर्सहरु तपाईंसँग कसरी सम्पर्कमा बसेका छन् ?
उहाँहरु सुरक्षित हुनुहुन्छ । उहाँहरु हाम्रो रुममा आउनु हुन्न । बाहिरैबाट उपचार गर्नुहुन्छ । टाढैबाट मेसिनबाट औषधी छर्किन्छन् । उहाँहरु पनि सचेत हुनुपर्छ ।
उपचार खर्च कसले व्यहोरेको छ ?
यो बारेमा केही म्यासेज आएको छैन । सरकारले हेर्ने रे भन्ने सुन्नमा आएको छ । केही भन्नु भएको छैन ।
तपाईंको परिवारमा को को हुनुहुन्छ ?
आमा बाबा र भाइ हुनुहुन्छ । गाउँमै हुनुहुन्छ । उहाँहरुले पनि थाहा पाउनु भयो ।
परिवारले के भन्नु भएको छ ?
यो रोगको औषधी पत्ता लागेको छैन । आफ्नै मनोबलले ठीक पार्नुपर्छ । म बाँच्छु भन्ने मनोबल मसँग छ । पहिलो दिन सबैको फोन आएर हैरान थिएँ । उनीहरुको आवाजले पनि तनाव हुँदो रहेछ । अहिले त्यस्तो अवस्था छैन ।
साभारः दियोपोस्ट
प्रतिक्रिया