कोरोना कष्टः रूसमा सम्पूर्ण रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन
मस्को । रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो ।
कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहिवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए । उनले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोकेका हुन् ।
सरकारले शुक्रबारदेखि अन्तराष्टिय हवाई सेवा समेत बन्द गरेको छ ।
रूसमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या बढ्दै गएको छ । शुक्रबार सम्मको विवरण अनुसार रूसमा कोरोना भाइरसका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८४० जना सङ्क्रमित भएका छन् ।
प्रतिक्रिया