फ्रान्सबाट फर्किएकी नेपाली युवतीसँगै यात्रा गर्ने ७८ नेपाली क्वारन्टाइनमा

qatar air

चैत्र ४ गते कतार एअरवेजको विमानमार्फत् दोहाबाट नेपाल पर्किएका ७८ जना नेपाली क्वारन्टाइनमा रहेको खुलेको छ। कोरोनाभाइरससङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपालफर्किएका ती व्यक्तिहरू विभिन्न ४८ जिल्लामा क्वारन्टीनमा रहेको प्रहरीलेबीबीसी नेपालीलाई बताएको छ।

नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीलेभने, "दोहाबाट नेपाल पर्किएकामध्ये ७८ जनासँग सम्पर्क गरी क्वारन्टीनमापठाउनका निम्ति समन्वय गर्न प्रहरी सफल भएको छ।" "पासपोर्टमा उल्लिखित ठेगानाका आधारमा उनीहरूसँग सम्पर्क गर्न प्रहरी सफल भएको हो।"

जोशीकाअनुसार पहिचान भएका ती व्यक्तिहरू काठमाण्डूका विभिन्न स्थान, ललितपुर, कास्की, स्याङ्जा र झापा लगायत जिल्लामा क्यारन्टीनमा बसिरहेका छन्। "कोही आफ्नै घरमा क्वारन्टीनमा छन् भने कोही सरकारले खडा गरेको क्वारन्टीनमा छन्।"

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थीसहित उक्त जहाजमा १५८ जना यात्रु रहेको बताइएको छ। तीमध्ये प्रहरीले १३३ जनाको ठेगाना पत्ता लगाइसके पनिसबैजना गृह जिल्लामा पुगिनसेकको वा नबस्ने भएका कारणा सबैलाई सम्पर्क गर्ननसकेको प्रवक्ता जोशीले बताए।स्वास्थ्यमन्त्रीले ती युवतीसँगै उक्त विमानबाट आएका मानिसहरूलाई सम्पर्कमा आइदिन अपील गरेका छन्

तीकिशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतारएअरवेजले तीनवटा उडान गरेको तथा तीनवटै उडानका सबै यात्रुका विवरणप्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनकार्यालयले जनाएको छ।

त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए। यसअघिस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती युवती र त्यसअघिसङ्क्रमण पुष्टि भएका धादिङका अर्का व्यक्तिसँग आएका मानिसहरूलाई सम्पर्कमाआइदिन अपील गरेका थिए।

ती महिलासहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। नेपालकोरोनाभाइरसको सङ्क्रमणको घटना पुष्टि भएपछि सोमवार सरकारले अत्यावश्यकसेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी आवतजावत र हिँडडुलमाप्रतिबन्ध लगाउने निर्णय गरेको थियो। चैत्र ११ बिहानबाट लागु भएको उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ।

– बीबीसी

प्रतिक्रिया

सम्बन्धित