अमेरिकी सरकारको राहत प्याकेज पारित, कसले कति पाउँछन् ?
अमेरिका । अमेरिकी सरकारले कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँंग जुधिरहेका आफ्ना करदातालाई १२ सय डलर बराबर सहयोग रकम दिने भएको छ । सरकारले
दिन लागेको यो सहायता प्याकेजको विधयेक शुक्रबार कांग्रेसको सिनेटले पूर्ण बहुमतले पारित भएको छ ।
शुक्रबार भएको मतदानमा उपस्थित ९६ सिनेटरहरुले विधयेकको पक्षमा मतदान गरेका छन् । अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो आपतकालिन राहत प्याकेज हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित भएको यो प्याकेज विधयेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीबेर अघि मात्रै हस्तक्षर गरेका छन्।
दुई ट्रिलियन अमेरिकी डलरको सहायता प्याकेज वापत प्रत्येक करदातालाई १२ सय अमेरिकी डलरसम्म र विवाहित जोडीलाई २४ सय डलर सिधै बैंक खातामा पठाइनेछ । भने १७ बर्ष भन्दा कम उमेर समूहका बालबालिका भएका परिवारमा प्रत्येकलाई थप ५ सय डलर सहयोग रकम दिने जनाइएको छ । यसरी प्राप्त गर्ने रकम करदाताको खातामा सिधै जम्मा हुनेछ भने खाता नभएकाहरुको सन्दर्भमा घरघरमा चेक पठाउने जनाइएको छ ।
सन् २०१८ र २०१९ मा राज्यलाई आयकर तिरेका सबै करदातालाई यो रकम दिइनेछ । प्राप्त जानकारी अनुसार बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने प्रत्येक एक जनालाई १२ सय डलर सहयोग रकम प्राप्त गर्नेछन् । यस्तै विवाहित दम्पतीले संयुक्त आयकर तिरेका छन् र वार्षिक १ लाख ७५ हजार भन्दा कम आम्दानी छ भने त्यस्ता जोडीलाई २४ सय डलर पाउनेछन् ।
संसदबाट पारित भएको प्याकेज अनुसार ५ सय बिलियन डलर ऋणबापत खर्च गर्ने, एयरलाइन्स उद्योगका लागि ३२ बिलयन सहयोग गर्ने लगायतका शीर्षकमा रकम छुट्टाइएको छ । यस्तै कन्ट्राक्टमा काम गर्ने र सेल्फ इम्प्लोयडहरुले पनि संघीय सहायता रकम प्राप्त गर्नेछन् । विद्यार्थीहरुले लिएको ऋणमा सेप्टेम्बर ३० सम्म कुनै ब्याज तथा कुनै जरिवाना लाग्नेछैन् । यसअघि सन् २००८ मा आर्थिक मन्दीका बेला समेत सरकारले यस प्रकारको सहयोग गरेको थियो । -अन्नपूर्णपोस्ट्
प्रतिक्रिया