दैनिक ज्यालादारीका लागि आर्थिक प्याकेज ल्याउन नेकपा अध्यक्ष दाहालको सरकारसँग आग्रह
काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ को संक्रमणका बेला दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्नवर्गीय नागरिकका लागि आवश्यक आर्थिक प्याकेज ल्याउन पनि सरकारसँग आग्रह गरेका छन् । साथै उनले सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।
त्यस्तै सन्देशमा दाहालले अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले थप जोड दिनुपर्ने बताएका छन् ।
शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले विश्वमा महामारीको रुपमाफैलिएको कोभिड–१९ विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन ध्यानाकर्षण गराएका हुन्।
प्रतिक्रिया