स्वाब ल्याब भरतपुरमै स्थापना हुनेमा विश्वस्त छुः महानगर प्रमुख दाहाल

renu
चितवन । विश्वभर विनाशकारी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट ७२ घन्टामै अस्थायी कोरोना विशेष अस्पताल निर्माण गरेको भरतपुर नगरपालिकाकाले स्वाब परिक्षण ल्याब पनि चितवनमै स्थापना हुने विश्वास लिएको छ ।

महानगरपालिका प्रमुख रेणु दाहालले कोरोनाको जोखिमबाट बच्नका लागि सरकारले देशका विभिन्न स्थानहरुमा निर्माण गर्ने भनेको स्वाल ल्याब चितवनको भरतपुरमा नै स्थापना हुनेमा विश्वस्त रहेको बताएकी छिन् ।

उनले भनेकी छन्, ‘चितवन बासी जनसमुदायहरू कोरोना स्वाब परिक्षण ल्याब चितवनमा पनि पक्का हुने बिश्वास छ।’

चितवनको भरतपुर मेडिकल सिटिको रुपमा विकास भइरहेको र अन्य विभिन्न रोगका विरामीहरु पनि उपचारको लागि आउने र कोरोना विशेष अस्पताल पनि महानगरमै भएकोले स्वाब ल्याब पनि भरतपुरमै स्थापना भएमा धेरै भन्दा धेरै सेवाग्राही लाभान्वित हुने पनि नगरप्रमुख दाहालले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित