दुबईबाट फर्किएर आइसोलेशनमा भर्ना भई मृत्यु भएका थापाको रिपोर्ट नेगेटिभ

butwal

काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय मृत्यु भएका रूपन्देही सैनामैना ४ का बाबुराम थापाको ‘कोरोना नेगेटिभ’ रिपोर्ट आएको छ ।

उनी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।

जनस्वास्थ्य प्रयोगशालामा भएको उनको पहिलो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको बताइएको छ ।

एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित