कोरोना भाइरसविरुद्ध लड्न सहयोगका लागि अपांगता भएका महिलाहरुको अनुरोध

tika

विश्व यति बेला कोभिड-१९ कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । डिसेम्वर २०१९ माचीनको वुहानवाट शुरु भएको कोरोना भाइरस नियन्त्रण नभइ चिनमा विध्वंस मच्चाएपछि हालसम्म विश्वलाई नै नराम्रो गरी प्रभाव पारी रहेको छ । शक्तिशालि भनिएका देशहरु इटाली, स्पेन र अमेरिका लगायतमा दैनिक जसो सयौं मानिसहरु मरिरहेका छन् भने संक्रमण हुने दर पनि तिव्र वनिरहेको छ ।

हालसम्म ३१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने ६लाखभन्दा बढी रोगबाट संक्रमित भइसकेका सूचनाहरु धमाधम अपडेट भइरहेको छ । यसर्थ, कोरोना भाइरसको जोखिममा उमेर, लिंग, धनी, गरिब जो कोही पनि पर्न सक्छौं भन्ने सिकाइ भइरहेको छ । तर पनि विपत र संकटको समयमा अवस्य पनि केही समुहहरु अरु भन्दा बढी जोखिममा पर्दछन् भन्ने कुराका हेक्का राखिनु पर्दछ । जस्तैः बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असक्त दीर्घरोगी विरामी, गर्भवती तथा सुत्केरी महिला र शिशुसमेत आदिपर्दछन् साथै दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरु, अरुको सहायतामा बाँचेकाहरु, सुकुम्बासी वस्ती, यौनिक तथा लैंगिक अल्पसंख्यक साथै सडकमा जीवन व्यतित गर्न बाध्य समूहलाई विशेष जोखिम समूहको रुपमा लिनुपर्ने हुन्छ । तसर्थ, यस्ता समूह र व्यक्तिलाई मध्यनजर गरी सरकारले अत्यावस्यक सेवा प्रदान गर्न उनीहरु थप पिडित हुन नपरोस भन्न हेतुले विशेष संयन्त्र निर्माण गरि राहत प्याकेज कार्यक्रम लागु गर्न अत्यावश्यक भइसकेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको यो रोगको असर नेपालमा नपरोस् भनेर गत २०७६ चैत्र ११ गते वाट नेपाल सरकारले पूर्णरुपमा लकडाउन गरिसकेको छ । यो समयमा समग्र मानिसको जनजीवन अस्तव्यस्त भइरहेको छ । यसर्थ नेपाल सरकार संघीय सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय), प्रदेश सरकार र केही स्थानीय तहहरुले कोरोना भाइरस नियन्त्रणका लागि गरेका प्रयासहरु सराहनीय रहेका छन् ।

नेपाल सरकारले चालेका कदमहरुलाई सफल पार्न हामी नागरिक समाज, संघ संस्था र व्यक्तिसमेतको दायित्व हुन आउँछ जुन कुरा हाम्रो संस्था र तत् सँग सम्बन्धित सदस्यहरुले समेत पालना गर्ने र जनचेतना फैलाउने कार्यमा सघाइरहेका छौं ।

सर्वव्यापी स्वाथ्य अधिकार र सुरक्षित रुपमा जीवन बाँच्न पाउने मानव अधिकार हो भन्ने कुरामा हाम्रो दृढ विश्वास लिंदै कोभिड-१९ को महामारिविरुद्ध लड्दै गर्दा मानवअधिकारका विश्वव्यापी सिद्धान्तहरु, मौलिक अधिकारको रक्षा र परिपूर्ति गर्ने कुरामा सरकार संवेदनशिल बनिरहनु पर्ने कुराको ध्यानाकर्षण गराउँदैयसै सन्दर्भमा नेपाल सरकारले लकडाउनका समयलाइ अझै लम्व्याउने भन्ने सूचना पनि जारी गरिसकेको र यो अवस्था कहिलेसम्म अगाडी जानसक्छ भन्ने कुरा कसैलाई पनि थाहा नभएको हुँदा माथि उल्लेखित जोखिममा परेका समूह र अझै वढी अपांगता भएका महिलाहरु समस्या रहेका छन् भन्ने कुरालाई ध्यानमा राखी उक्त समूह र व्यक्तिको पहिचान गरी यथासिघ्र राहत प्याकजे कार्यक्रम लागु गर्नु अत्यावस्यक भएकोले नेपाल सरकार तिनै तहका सरकारहरुः संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालाहरु समक्ष नेपाल अपांग महिला संघ, कालोपूल, काठमाण्डौं हार्दिक अनुरोध गर्दछः

  • क्वारेन्टाइन निर्माण गर्दा र आइसोलेसन वेडहरु तयार गर्दा अपांगता मैत्री, लैंगिकमैत्री र समावेशीतामा ध्यान दिइ उपयुक्त ठाउँको समेत छनौट गरी देशै भरी एकै मापदण्ड बनाइ पहुँचयुक्त निर्माण गरिनु पर्ने
  • अपांगता भएका व्यक्ति र अपांगता भएका महिलाहरुको र समग्र लैंगिक हिंसा प्रभावित महिलाका लागि सेवा प्रदान गर्ने उद्देस्यले स्थापना गरिएका र संचालन गरिएका पुर्नस्थापना केन्द्रहरुको लेखाजोखा गरी लिस्ट तयार गरि राहत प्याकेज घोषणा गरिनु पर्ने
  • अपांगता भएका महिलाका यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बिन्धत आवश्यकताहरु जस्तैः स्यानेटरी प्याड, स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिका लागि क्याथेडर, ड्राइपर आदि उपलव्ध गराइनु पर्ने साथै व्यक्तिगत सरसफाइको सवालमा जनचेतनामूलक सामग्रिहरु उत्पादन र प्रसारण गरिनुपर्ने
  • अति र पूर्ण असक्त अपांगता, स्पाइनलर्ड इन्जुरी, वौद्धिक अपांगता, अटिजम लगायतका जस्ले नियमित औषधि उपभोग गरिरहनु भएको छ यो जटिल अवस्थामा यातायात र हिंडडुलको गर्न नपाउने र औषधि पसल सम्म पुग्न कठिन भएको अवस्था र खाद्यान्न किन्न समेत कठिनाइ भएको छ भने आर्थिक अभावको कारण भोकै वस्नु पर्ने वाध्यतालाई मध्यनजर गरी स्थानीय तहहरुले लेखाजोखा राखी सेवा पुर्याउनु पर्ने,
  • साथै सेवा पाउन वाट वंचित चुनौति भोगिरहेका व्यक्ति, समूहलाइ सेवा पुर्याउनका लागि विपत सहयोग कोष स्थापना गरी परिचालन गरिनु पर्ने,
  • मनोसामाजिक अपांगताको हकमा अझ यो कठिन परिस्थिति समस्या नवढोस भनेर सकारात्मक वातावरणको निर्माण गर्न मनोसामाजिक परामर्स सेवाको व्यवस्था साथै हेमोफेलिया भएका व्यक्तिले अस्पतालको युनिटहरुवाट पाउने फ्क्याटर, प्लाज्मा जस्ता सेवाहरुलाई नियमति गराइनु पर्ने,
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपांगता भएका व्यक्तिलाई अप्ठ्यारो परेको खण्डमा तुरुन्त सूचना प्राप्त गर्न सकियोस भनेर सूचना केन्द्र डेस्क तोकि समन्वय गरिनु साथै सूचनाका सामग्रीहरुलाई सांकेतिक भाषा मार्फत र व्रेल लगायत सहज पहुँच पर्याउन नीतिगत निर्णय गरिनु पर्ने,
  • प्रत्येक क्वारेन्टाइनमा वहिरा तथा सुस्त श्रवण व्यक्तिहरुलाइ सहज संचार गर्न सांकेतिक भाषा र नोटटेकर तथा सूचनाहरु क्याम्पसन मार्फत गर्ने व्यवस्था गरिनु पर्ने साथै उक्त स्थानामा आवस्यकता अनुसार सहयोगी सेवा सहायक सामग्रि जस्तैः ह्वीलचियर, सेतो छडि, वैसाखी, वाकरलगायतको व्यवस्था गरिनु पर्ने,
  • गर्भवती महिलाको तथ्यांक राखी डेलिभरी गराउने समयमा अस्पताल सम्म सहज पहुँच र सेवा पाउने व्यवस्था गरिनु पर्ने साथै सुत्केरी र नवजात शिशुको स्वास्थ्य तथा पोषणको व्यवस्था गरिनु पर्ने,
  • ज्येष्ठनागरिक होम, वालगृह, सुधार गृह, हिंसा प्रभावित महिलाका लागि संचालित लागि सुरक्षित वासहरुको तथ्यांक राखी उनिहरु लक्षित कार्यक्रमहरु ल्याइनु पर्ने,
  • अपांगता भएको व्यक्ति जो पूर्ण असक्त अति असक्त र हिंडडुल गर्न कठिन भएका जो स्वावलम्वी जीवन व्यतित गरिरहेका अन्य अवस्थामा सहयोगीको सहायताले जीवन चलाउने तर लकडाउनको कारण सहयोगीको अभावमा एक्लै कोठामा वस्न वाध्यता भएकाको तथ्यांक राखी उनिहरु सम्म सेवा पुर्याउनु पर्ने,
  • अपांगतामा पनि वौद्धिक अपांगता, अटिजम तथा तिव्र मनोसामाजिक समस्या भोगिरहेका व्यक्ति, महिला तथा वालवालीकाको यकिन तथ्यांक राखी उनिहरुका अभिभावक, संरक्षक तथा सहयोगीहरुलाई मनोवल उच्च राख्न र सहयोग गर्न सम्पर्क स्थापित गर्ने कार्यक्रम ल्याइनु पर्ने,
  • अपांगता भएका व्यक्ति लगायत निरक्षरहरु जो दुर्गममा वसोवास गर्नु हुन्छ टेलिफोन, इन्टरनेट लगायतकासंचारमाध्यहरु साथै स्थानीय भाषा र सांकेतिक भाषा दोभाषेको पहुंचमा नहुने समुहहरुसम्म पुग्न र उहांहरुलाई परेको समस्या वुझेर समाधान गर्न स्थानीय तह र तत् स्थानमा रहनु हुने संघसंस्था, संजालहरुको समन्वय गर्न सहयोग समिति गठन गरिनु पर्ने,
  • लकडाउनका समयमा क्वारेन्टाइन वाहेक अन्य रोग लागेका, अचानक दुर्घटना या नियमित डाक्टरको निगरानीमा रहेकाहरुका लागि नीजि तथा सरकारी अस्पतालहरुमा निरन्तर रुपमा सेवा पाउने व्यवस्था गरियो नत्र अस्पतालको सेवा पाउन नसकि र मानसिक पीडाको कारण थप बिरामीको वृद्धि हुन सक्ने अवस्थालाई मध्यनजर गरि संयन्त्रहरुको स्थापना गरिनु पर्ने,
  • अपांगता भएका व्यक्तिले प्रयोग गरिरहेका सहायक सामग्रीको उपलव्धता र मर्मत गर्नुपर्ने अवस्थामा समस्या परिरहेको हुँदा उक्त समस्या समाधानका लागि सुरक्षा निकाय र स्वयंसेवकले यस विषयमा जानकारी राखी मर्मत केन्द्र सम्म पहुँच वृद्धि गरिदिनु पर्ने।

लेखक नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित