कोरोना (कोभिड–१९) को आशंकामा पाटन र वीर अस्पतालमा २ जनाको मृत्यु

Patan
काठमाडौं । महामारीको रुपमा विश्वभर फैलिएको नोवेल कोरोना (कोभिड–१९) को आशंकामा पाटन अस्पतालको आइसीयूमा उपचाररत धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको छ । चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका उनको आज मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

पाटन अस्पतालले मृत्युको कारणबारे भने पुष्टि नभएको जनाएको छ । कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको अस्पतालले जनाएको छ ।

यस्तै चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसकाे आशंकामा बीर अस्पतालको आइसोलसन कक्षमा उपचाररत एक युवतीको मृत्यु भएको छ । अस्पतालका अनुसार अधिक ज्वरो आएपछि काठमाडौंकी ती युवतीलाई भर्ना गरेर राखिएको थियो । उच्च स्राेतका अनुसार चन्द्रागिरी नगरपालिका–१५ तिनथानाकी ३८ बर्षीया युवतीको निधन भएको हाे।

प्रतिक्रिया

सम्बन्धित