गगन थापामाथि बम आक्रमणको घटनाप्रति काँग्रेसले दियो कडा चेतावनी

काठमाडौं । कांग्रेस  नेता गगन थापा माथि बम आक्रमण भएपछि नेपाली काँग्रेसले विज्ञप्ती निकालेर यस्ता अबाञ्छनीय गतिविधि गर्नेहरुमाथि चेतावनी दिएको छ । सोमबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा नेपाली काँग्रेस र लोकतान्त्रिक शक्ति माथि उर्लँदो जनसागर देखेर लोकतन्त्र विरोधि तत्वहरुले दिनानुदिन यस्ता गतिविधिहरु गर्ने गरेको बताएका छन् ।

विज्ञप्तीमा नेपाली काँग्रेसलाई विचलित बनाउने गरी गरिएका यस्ता हर्कतहरुले आफू पनि रत्तिभर विचलित नहुने भन्दै मतदाताहरु पनि यसबाट रत्तिभर विचलित नहुने दाबी गर्छन् ।

विज्ञप्तीमा भनिएको छ ुनेपाली काँग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित कार्य र आक्रमणप्रति नेपाली काँग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनमाका कार्यक्रमहरु गर्नपाउने नागरिकको नैसर्गिक अधिकार माथि समेत ठाडो उल्लंघन भएको छ । र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारको अवांञ्छित गतिविभि नदोहोर्याउन नेपाली काँग्रेस चेतावनी पनि दिन चाहन्छ ।'

प्रतिक्रिया

सम्बन्धित